Sunday, April 17, 2016

मिठा बोल्नेहरु सँग

मिठा बोल्नेहरु सँग, तर्की हिँड्नु पर्ने भयो
ओइ भनि बोलाए नी, झर्की हिँड्नु पर्ने भयो !!

अघि'भेटे हजुर्‍ हजुर्‍, पछाडी भने धारे हात
पूर्व देखे पश्चिम् तर्फ, फर्की हिँड्नु पर्ने भयो !!

माहिर छन् बदनामीले, फेरी किन मेरै पछी
चैतको पोल्नेघाम् झैं, चर्की हिँड्नु पर्ने भयो !!

जो सुकैले जेजे भन, आफ्नोबाटो छोड्ने छैन
जले जलुन् मान्छे अब, लर्की हिँड्नु पर्ने भयो !!

मिठा बोल्नेहरु सँग, तर्की हिँड्नु पर्ने भयो
ओइ भनि बोलाए नी, झर्की हिँड्नु पर्ने भयो !!
----

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...