Tuesday, April 26, 2016

गीत !! कहाँ गयौ ए बनचरी??


कहाँ गयौ ए बनचरी, काफल पाक्यो पाकेन
यो नयाँ साल तिमी लाई, फाप्यो फापेन ??

मलाई त बिर्सिसके, आज आफ्नै दौंतरीले
पल्लोडाँडा कोईलीले, कुहु!! डाक्यो डाकेन ??

भन्छन् डँढेलोले बनखायो,कठै ढुकुरका गुँढ 
वल्लो रुख पल्लो रुख, मजुर थाक्यो थाकेन ??

कहिले पर्ला सिम्सिम् पानी, भिज्न पाएहुन्थ्यो
ति बर पिपलमा, लहराले ढाक्यो ढाकेन ??

कहाँ गयौ ए बनचरी, काफल पाक्यो पाकेन
यो नयाँ साल तिमी लाई, फाप्यो फापेन ??

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...