Tuesday, April 26, 2016

गीत !! कहाँ गयौ ए बनचरी??


कहाँ गयौ ए बनचरी, काफल पाक्यो पाकेन
यो नयाँ साल तिमी लाई, फाप्यो फापेन ??

मलाई त बिर्सिसके, आज आफ्नै दौंतरीले
पल्लोडाँडा कोईलीले, कुहु!! डाक्यो डाकेन ??

भन्छन् डँढेलोले बनखायो,कठै ढुकुरका गुँढ 
वल्लो रुख पल्लो रुख, मजुर थाक्यो थाकेन ??

कहिले पर्ला सिम्सिम् पानी, भिज्न पाएहुन्थ्यो
ति बर पिपलमा, लहराले ढाक्यो ढाकेन ??

कहाँ गयौ ए बनचरी, काफल पाक्यो पाकेन
यो नयाँ साल तिमी लाई, फाप्यो फापेन ??

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...