Sunday, April 10, 2016

लघुकथा तागाधारी


खोलामा नुहाउन गएको छोरो(अशोक) रुँदैरुँदै फर्किएको देख्दा मनमा अनेक कुरा खेल्न थाल्यो। नजिकै आएपछी हेर्छु घाउचोट कतै पनि देख्दिन। लगाएर गएका कपडाहरुले छाती ढाक्दै झनझन रोएको देख्दा म केहिपनि सोच्न सक्दिन। फकाएर सोध्न थाल्छु:
बाबु तलाई के भयो, किन रुंदैछस्?
कसैले पिट्यो कि कसैले केही भन्यो कि?
कि कोही साथीलाई खोलाले खायो कि?
रुवाइ रोकिँदैन, यस्तो लाग्छ उसको मन नराम्ररी दुखेको छ। अचेत छन् उसका चेतनाहरु। बच्चा भनेर बच्चा पनि होइन अशोक, सोझो र कसैलाई केही भनी बिराउँदा पनि बिराउँदैन। हिजो ३ कक्ष्याको परीक्ष्यामा ७७ प्रतिसत अंक ल्याएर प्रथम श्रेणिमै उत्रिण गरेको छोरो, खुशी हुँदै छिमेकी साथीहरु सँग नुहाउन गएको अहिले यस्तो हाल छ। कतै खोलाको 'सिबे' पो लाग्यो कि भनेर पहेँला अक्ष्यता शिरमाथि घुमाएर फ्याँकिदिन्छु। छोरो त सम्झिसम्झी रोएको देख्दा सान्च्चै नै के भयो भनेर मन आत्तिरहन्छ।
छोरो अशोक के भयो भन त बाबु? अहिले अाइस् क्रिम खाम्ला।
बाबुलाई मन पर्ने चोको पाइ किनेर खाम्ला, के भो बाबु भन त?
रुवाइ केही मत्थर भयो तर बोली निस्केन उसको मुखबाट। उ ईशाराम केही बताउँदै थियो छातीको कपडाहरु निकाल्दै। नियालेर हेर्छु त्यहा पनि घाऊ चोट त देख्दिन। उसले उसको देब्रेहात देब्रेकान तल र दाहिने हात कम्मर माथि लगेर केही सम्झायो र मैले पनि उसको कुरा बुझें। दौडदै भित्र गएर एकजोर नयाँ जनै ल्याएर लगाई दिएँ, अनि बल्ल उ बोल्न थाल्यो।      
आमा! किन मेरा साथीहरुले मेरो जनै चुंडाइदिए? मलाई मन पर्छ जनै लगाउन भने तिनिहरुलाई के को मतलब?
हो नि मेरो छोरोले पहिरिएको जनै उसको उमेर सँगैका साथीलाई चुँडाउन कसले सिकायो?
उता रेडियोमा समाचार आउन्दै थियो,
"हाम्रो असहमत भनेको तागाधारीहरु सँग हो" !
-----------------
(मित्रहरु मेरो यो पहिलो प्रयास हो लघुकथाको रुपमा, सुझाब र सल्लाहको प्रतिक्ष्यामा)  

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...