Tuesday, April 19, 2016

जता खोलो उतै माछी


आधारहरु कम्जोर भए, कम्पन बढ्दैछन्
अनायसै यो छातीभित्र, धड्कन बढ्दैछन्

ईच्छा मेरा बादललाई, ईशाराले गिराउने
पिँढी आङ्गनमा बाधा, अड्चन बढ्दैछन्

'माछा माछा भ्यागुतो'! जिन्दगीमा हुँदैछ
देख्छु आफन्तका लप्पन, छप्पन बढ्दैछन्

'जित' शब्दै मेटिएछ, जीवन शब्दकोशमा
आसेपासे छिमेकीका, बोल'बच्चन बढ्दैछन्

जता खोलो उतै माछी, माझी जाल बोकेर
गालामा समयले दिएका, चड्कन बढ्दैछन्

pic: stand after defeated !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...