Thursday, April 21, 2016

भेटिन्छन् कि आदि मानब, खोजेर त हेरौं


पखालिन्नन् मनका सृङ्गार, धोएर त हेरौं
मुहारका त पग्लि जान्छन्, छोएर त हेरौं

सोर्ह सृङ्गार भन्नुमात्र, अर्कैका लागि रैछ
अन्तर-मनका सौन्दर्यता, रोजेर त हेरौं

नबाडौं भो मनका पिडा, हांस्नेमात्र धेरै
एक्लै एक्लै एेना सामु, रोएर त हेरौं

सुन्यतामा जिउनजाने, अभाब हुन्न भन्छन्
कोही छन् कि जान्ने सुन्ने, सोधेर त हेरौं

वैमन्स्यता इर्श्या मोह राग, बिर्सनु छ भने
भेटिन्छन् कि आदि मानब, खोजेर त हेरौं    

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...