Tuesday, May 3, 2016

लाज मान्दैछ त्यो, खुल्लामन्च आज

सुरु भो खेल, सत्ता ढलाउने कै
लोकतन्त्रमा, मुड्की चलाउने कै

जमघट बढ्दैछ, नुन बार्नेहरुको
सडकमा फेरी, पुत्ला जलाउने कै

लाज मान्दैछ त्यो, खुल्लामन्च आज
चुट्कीमा कायापलट, निती जलाउने कै

माछो माछो भ्यागुतो, जनताका हातमा
आखिर गयो पोल्टोमा, बल छ्लाउने कै

दुई दशक नाघ्यो, कैयौं तन्त्र भोग्यौं
देश उसैको त भो, रिमोट् चलाउने कै

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...