Tuesday, May 3, 2016

लाज मान्दैछ त्यो, खुल्लामन्च आज

सुरु भो खेल, सत्ता ढलाउने कै
लोकतन्त्रमा, मुड्की चलाउने कै

जमघट बढ्दैछ, नुन बार्नेहरुको
सडकमा फेरी, पुत्ला जलाउने कै

लाज मान्दैछ त्यो, खुल्लामन्च आज
चुट्कीमा कायापलट, निती जलाउने कै

माछो माछो भ्यागुतो, जनताका हातमा
आखिर गयो पोल्टोमा, बल छ्लाउने कै

दुई दशक नाघ्यो, कैयौं तन्त्र भोग्यौं
देश उसैको त भो, रिमोट् चलाउने कै

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...