Friday, May 13, 2016

त्यही नै हाम्रो गाउँ हो

, (improvised in seconds, encourages of the art of Bhadra Thapa )
--------------------------
कमेरो र रातो माटोले पोतेको
झ्यालका कोसहरुमा गाजल,
घुमाउने घर,
त्यही नै मेरो गाउँ,
पराले टौवा,
शिखामा फर्सी
उझिन्डोमा कुबिण्डो
ढोकाको छेवैमा
हजुरबाको बेतको लौरो
आडैमा जाँतो
बेलौतीको हातो,
पिंढिको कुनोमा
ढिकी,
देख्नुहुन्छ नि त्यही मेरो गाउँ,
असारे गीत, दुधिलो मकै
साउने बन्सो,
भल छोप्दै ह ह र हो हो
भदौरे सांवा मा गावा,
बेलुकी जब घन्किन्छ
मादल र खैंजडीको तालमा
घाँटु र तीनतले भाका,
हो त्यही मेरो पनि गाउँ,
अशोजको बिहानी कुहिरोमा
जब सुनिन्छन्
सनाइ र नगाडा (ढोल)
बुझ्नुस् दसैं आयो,
लिङ्गे र रिँगाटे पिङ्ग
चचहुइ!!! चचहुइ!!!
कार्तिकमा कानचिरेहरुको
फिरी सुनिन्छन् नि ,
हो त्यही हो मेरो गाउँ
केराका सुप्लाहरुमा
जब तोरीका तेलमा भिजेका दिप बल्छन्
हरियो गोबरले लिपेका पिन्ढिहरुमा
फेरी बुझ्नुस् तिहार आयो
घुमाउरा सेलरोटी
आङ्गन वरीपरी ढकमक्क सयपत्री
र मखमली,
आहै भनभन साथी हो!
भटिन थाल्छन्
भैलि र देउँशी,
त्यही नै हाम्रो गाउँ हो,
स्वागत छ सबैलाई !!
तस्बिर मित्र भद्र थापा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...