Friday, May 13, 2016

सरकार बन्यो भन्छन्

राजधानिमा गरीबको, सरकार बन्यो भन्छन् 
साँच्चै होत सरीफको, सरकार बन्यो भन्छन्
चुलो हाम्रो रित्तो हेर्नुस्, मानोमुठी छैन यहाँ
दूर्गम् बस्ती करीबको, सरकार बन्यो भन्छन्
यती पर्सेन्ट उती पर्सेन्ट, छुट्याएरे होर हजुर
नुन मट्टितेल् मरीचको, सरकार बन्यो भन्छन्
माथि माथि हवै जाज मा, उड्छन अरे मन्त्री
जनताकै मननजीकको, सरकार बन्यो भन्छन्
मिठो हाम्लाई चाह्या छैन, पिठो पाए हुन्थ्यो
राजधानिमा गरीबको, सरकार बन्यो भन्छन्
जेठो मारे छिमेकि ले, माहिलो मर्यो साउदीमा
साँच्चै होत सरीफको, सरकार बन्यो भन्छन्
pic google

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...