Friday, May 13, 2016

चोटमा रमाउनेछु


खोतल सकेजति, खोटमा रमाउनेछु
फल्नेछ एकदिन, बोटमा रमाउनेछु
शब्द नै साहारा, हुन्छन् भने मेरा
थप्दै जाउ तिमी, चोटमा रमाउनेछु
दौरा सुरुवाल खुकुरी, कम्मरमा मेरो
चाहे जड्यौरी होस्, कोटमा रमाउनेछु
स्वतन्त्र छु, खुल्ला आकाशको चरी
कहिले तराई कहिले, भोटमा रमाउनेछु
ए दासत्वका पूजारी, आँखा खोलेर हेर
भैँसी-खर्क हिमाली, ओठमा रमाउनेछु !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...