Friday, May 13, 2016

चोटमा रमाउनेछु


खोतल सकेजति, खोटमा रमाउनेछु
फल्नेछ एकदिन, बोटमा रमाउनेछु
शब्द नै साहारा, हुन्छन् भने मेरा
थप्दै जाउ तिमी, चोटमा रमाउनेछु
दौरा सुरुवाल खुकुरी, कम्मरमा मेरो
चाहे जड्यौरी होस्, कोटमा रमाउनेछु
स्वतन्त्र छु, खुल्ला आकाशको चरी
कहिले तराई कहिले, भोटमा रमाउनेछु
ए दासत्वका पूजारी, आँखा खोलेर हेर
भैँसी-खर्क हिमाली, ओठमा रमाउनेछु !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...