Friday, May 27, 2016

स्खलित सपना अनि, रहर शहरमा

स्खलित सपना अनि, रहर शहरमा
पिएर पनि बाँच्दैछु, जहर शहरमा

प्यासी छ यो धर्ती, प्यासी नै छ आकाश
आउँदैछ मेलम्चीको पानी, नहर शहरमा
 
लर्बरिन्छन् पाइला मेरा, बिना सराब नै
भिड अनि उस्तै छन् कहर, शहरमा

हराए झैं गर्छन्,कोही केही पाए जस्तो यहाँ
देख्दैछु म जस्तै महामुर्खका, लहर शहरमा

बिचलीत् गन्तब्य, बिचलीत् सहयात्रीहरु
बिचलीत् नै सारा, डगर शहरमा

र पनि समर्पित छ दुनियाँ आज शहरमा
केही न केही पक्कै छ रे, राज शहरमा !

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...