Friday, May 13, 2016

कस्तो हो यो राजनीति,

कस्तो हो यो राजनीति, दाममा बिक्ने
बदनाम नै किन नहोस्, नाममा बिक्ने
औकात देखाउनेहरु, छिनमा बदलिए
रातारात कुम जोड्दै, जाममा बिक्ने
फरक पर्दो रहेनछ त, सिद्धान्त कुहियो
पन्थी जतासुकैका हुन्, लाममा बिक्ने
बिक्नेहरु बिकीरहे, भाडाका टट्टुहरु ति
के बिहान के मध्यान्ह, साममा बिक्ने
फोहोरी हुँदा रहेछन्, रछ्यानका झिङ्गा
माछा माछा भ्यागुतो, खाली खाममा बिक्ने

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...