Friday, May 13, 2016

गीत (जवाफ

गीत (जवाफ,सवाल आँफै खोजौं है)

किन आउँछौ सपनीमा आँखा खोल्दिन म
गीत गाउने कुरा गर्छौ,, अहँ बोल्दिन म

मन पर्दैन बाजागाजा, सुटुक्क आए हुन्छ
पर्खि बस्छु चौतारीमा, लुसुक्क धाए हुन्छ

बिपनीमा आए भन्छौ, भेट्दिन म कहिल्यै
ढाँटी मात्र राख्छौ प्याश मेट्दिन म कहिल्यै

कुन कुन माग पूर्ण भयो मन मेरो खाली
सोर्ह सृङ्गार केहीछैन हेर तन मेरो खाली

कस्ले लाउँछ माया-प्रिती सपनीमा आउनेलाई
मनमन्दिरको ढोका खुल्ला बिपनीमा आउनेलाई

किन आउँछौ सपनीमा आँखा खोल्दिन म
गीत गाउने कुरा गर्छौ,, अहँ बोल्दिन म

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...