Friday, May 13, 2016

गीत (जवाफ

गीत (जवाफ,सवाल आँफै खोजौं है)

किन आउँछौ सपनीमा आँखा खोल्दिन म
गीत गाउने कुरा गर्छौ,, अहँ बोल्दिन म

मन पर्दैन बाजागाजा, सुटुक्क आए हुन्छ
पर्खि बस्छु चौतारीमा, लुसुक्क धाए हुन्छ

बिपनीमा आए भन्छौ, भेट्दिन म कहिल्यै
ढाँटी मात्र राख्छौ प्याश मेट्दिन म कहिल्यै

कुन कुन माग पूर्ण भयो मन मेरो खाली
सोर्ह सृङ्गार केहीछैन हेर तन मेरो खाली

कस्ले लाउँछ माया-प्रिती सपनीमा आउनेलाई
मनमन्दिरको ढोका खुल्ला बिपनीमा आउनेलाई

किन आउँछौ सपनीमा आँखा खोल्दिन म
गीत गाउने कुरा गर्छौ,, अहँ बोल्दिन म

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...