Friday, May 27, 2016

पैंठेजोरी खेल्छ सधैं, बाध्यता र परिस्थिती

@ गीत?गजल!
सिशाका झैं सपनाहरु, टुट्दै गए मेरा
भाग्य होकि कर्मरेखा, फुट्दै गए मेरा
समयले खेल खेल्छ, जिन्दगीका चौराहामा
पाखुरीका चाहना सारा, लुट्दै गए मेरा
थुप्रैथिए साथीसङ्गी, हिजोअस्ती किनार सम्म
फर्कि हेर्छु मझधारमा, छुट्दै गए मेरा
पैंठेजोरी खेल्छ सधैं, बाध्यता र परिस्थिती
पोल्न थालेछ स्पर्शले, चुट्दै गए मेरा
सिशाका झैं सपनाहरु, टुट्दै गए मेरा
भाग्य होकि कर्मरेखा, फुट्दै गए मेरा !
''''''''''''

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...