Friday, June 23, 2017

दिल खोलेर हांस्ने मन छ

गीत

दिल खोलेर हांस्ने मन छ,, खुशी कहाँं होलान्
उडाई लैजा बतास मलाई, खुशी जहाँं होलान्

धेरै भयो नहाँसेको,, एेनाहरु फुटे सरी
मनका भित्रका खुशीहरु, समयले लुटे सरी

दिल खोलेर हांस्ने मन छ, खुशी कहाँं होलान्
.
धेरै भयो नभेटेको,,, मन की रानीलाई
मजुरजस्तै नाची डुल्ने, बन कि रानीलाई

इन्द्रेणीका रंङ्गहरु,, चोरुँ  चोरुँ लाग्छ
बाटो हिंड्ने बटुवालाई,, सोधुँ सोधुँ लाग्छ

दिल खोलेर हांस्ने मन छ, खुशी कहाँ होलान्
उँडाई लैजा बतास मलाई, खुशी जहाँ होलान्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...