Thursday, June 29, 2017

ओठ मुस्कुराउंदा


निधारको टिकी तिम्रो, जूनेली झैं लाग्छ
खै रिसाएर बोले पनि, शुशेली झैं लाग्छ

के के हुन्छ हुन्छ मन, त्यो तस्बिर छुँदा
मुहार तिम्रो सुन होकी, उजेली झैं लाग्छ

सोह्र स्रिङ्गार'नि फिका, ओठ मुस्कुराउंदा
मोहकतामा ति नजरहरु, तरेली झैँ लाग्छ

शब्द छैन त्यो सौन्दर्यताको बयान कसोरी
मोहनी लगाउने पक्कै, परेली झैं लाग्छ !!


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...