Sunday, June 25, 2017

ईदको जून

ईदको जून

आजको त जून संगै, जाम प्यारो
त्यहि जून संगसंगै यो, साम प्यारो

तस्बिर हेरि मन बुझाए पनि साथि
उनको त आज'भोलि, नाम प्यारो

अँधेरोले ढाके जस्तो, दिनहरुमा
पोले पोलोस ए साथि, घाम प्यारो

रगत रगतमा, स्वदेशको याद छन्
चाहे 'ईद' किन नहोस, राम प्यारो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...