Friday, June 23, 2017

फेसबुक मित्र पार्वती डाँगी ज्युको मतला पच्छ्याउँदै


पसिनाको स्वाद मिठो, सागरको पानी जस्तो  

जिन्दगीको प्रगति,, छेपाराको कहानी जस्तो !! 


एता छेक्दा उता बग्छ,,, सावनको भेल पानी 

दुई दिनको जोवन,, उधारोको जवानी जस्तो !! 


न छहारी छ,, न छ बादल, न जूनेली रात मेरा 

न कोर्दा गजल बन्यो, विरहीको रुमानी जस्तो !!


लेख्न खोज्दा आँसु बग्छ, पत्ताहरु सुक्न थाले 

भिर मौरीको ब्यथा,, पर्देशिको बिहानी जस्तो !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...