Monday, July 3, 2017

भूल जिन्दगीको

फक्रनै दिएनन् समयले, फूल जिन्दगीको
कसोरी टक्टक्याउने खै, धूल जिन्दगीको!!

धरोहर ढलेको देखेँ, आस्थामा चोट पर्दा
आखिर किन टुट्दैछ त, पुल जिन्दगीको!!

मेटिए पदचापहरु, फर्किएर हेर्ने मन छैन
शायद सुधार्न सकिएन, भूल जिन्दगीको!!

दुखाई के हो सोध्नु, मेरा  घाऊ देखिन्नन्
बढ्दैछ छातीमा साथी, शूल जिन्दगीको !!

न एेन, न बिधान, न नजीर रह्यो यहाँ
तिर्नै नसकिने भो, महशुल जिन्दगीको !!




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...