Tuesday, July 11, 2017

कसरी

ढल्दैछ रात,,, निदाउने पो कसरी 
घटाऊ जोड, मिलाउने पो कसरी

च्यातिए सपना, उध्रिए बिपनाहरु  
सियोमा धागो, छिराउने पो कसरी 

हाँस्नुपर्छ साथि, रुँदा रुँदै पनि अरे 
आँसुमा हाँसो, मिलाउने पो कसरी 

सकिंदैन है अब, पिएर भूल्न पिडा 
सुन्यमा सुन्यता, बिलाउने पो कसरी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...