Monday, July 24, 2017

गजल


छ न त  छ नि सरकार, देशमा ??
छन् दरवारै दरवार,,,, देशमा !!

मेटिन्नन् ज्वाला, भोकको त्यसै
छ भाषणको ललकार, देशमा!!

चोरको हातमा, चाबी र ताल्चा
पर्खाल बिनाका, गजवार देशमा!!

झुटका फाँटमा, लुटका खेती
झुटले चल्दैछ, अखबार देशमा !!

उठेका थिए मुठी दबे झैं लाग्छन्
"बुद्धका आँखा", तरवार देशमा!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...