Monday, July 24, 2017

लोलाए झैं लाग्छ्न् नजर

गित

लोलाए झैं लाग्छ्न् नजर
उन्का तस्बिरहरुमा
कहिले लाली कहिले गाजल
मधुर मुस्कानहरुमा !!

लोलाए झैं लाग्छ्न् नजर ....

सौन्दर्यताको मसि खसे
जून जस्तो मुहारमा
एउटा थोपा टल्किरह्यो
टिका बनि निधारमा !!

लोलाए झैं लाग्छन् नजर....

छातीमा टाँस्छु उन्का तस्बिर
एकान्तमा हिजोआज
हराए झैं हुन्छु आफैं
पिरतीको शहर माझ !!

लोलाए झैं लाग्छ्न् नजर ....

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...