Friday, July 28, 2017

गजल


हतास छ बतासलाई, छोएर गयो
सम्झनाका शुशेलीमा, रोएर गयो !!

धमिलीए पूराना,, पदचाप उनका
मैलिएका यी यादहरु, धोएर गयो !!

सकिन पच्छ्याउन, लागेनन् गोडा
पच्छ्याउँछ्स् कि अझै, सोधेर गयो !!


तितो बर्तमानमा, रमेन त्यो सायद
सुनौला किरणहरु नै, खोजेर गयो !!

मतलबी दुनियाँ, मतलबी भो बतास
सहज ति झ्याल ढोका, रोजेर गयो !! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...