Monday, July 24, 2017

टिपन टापन


खर्चेर सारा शब्द मायाका गजल लेख्नेछु
बिर्सिएर दुखी संसार गित सरल लेख्नेछु
दुरीको आभास हराउछ यी तस्बिर देख्दा
बिश्वाश गर तिम्रा कबिता अविरल लेख्नेछु !!

बगानमा तिमी बस्दा फूल लजाए झैं लाग्छ
दर्पणमा तिमी हास्दा ऎना लजाए झैं लाग्छ
भोभो छोडिदेउ अब बाग बगैंचा घुम्न प्रिया
राती झस्स ब्युंझदा तिमीले चलाए झैं लाग्छ !!

तिम्रा दुई नजर झील झैं लाग्छ
धूकधुक छातीको दिल झैँ लाग्छ
ति ओठका के तारिफ गरुँ रेबि
रारा तिलिचोका डील झैं लाग्छ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...