Wednesday, July 5, 2017

गजल


हराएँ कति कति , महशुस जिन्दगीका
खोज्दैछु म आज, 'तखल्लुस' जिन्दगीका

स्वतन्त्रताको नाटक्, मन्चन हुँदै जहाँ
निषेध भए त्यहाँ, मनखुश जिन्दगीका

कसको के लाग्यो र, बैरी लागेपछि अब
लुटिए हेर्दा हेर्दै, 'सबकुछ' जिन्दगीका

मन्जुरीनामा बिना, असहज् सम्बन्धहरु
एका'एक च्यातिय, तमसुक जिन्दगीका

बादल् संझिएँ हिजो, कुहिरो झैं फ़ाटेपनि
ऊँडे सपना कठै, फूसफुस जिन्दगीका !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...