Friday, July 28, 2017

गजल

के मन के जमिन, मरेका देखिन्छन्
जिउंदैमा बैतर्णी, तरेका देखिन्छन् !!

सत्बिज होईनन्, यी सपना र पनि
शहरमा सपना, छरेका देखिन्छन् !!

उक्लेका उक्ल्यै ति,रहरहरु शिखरमा
गन्तब्य नै नचूमि, झरेका  देखिन्छ्न् !!

प्रतिस्पर्दा भए, जिउने कलाहरु आज
जिन्दगी संकटमा, परेका देखिन्छन् !!

भेटिन्नन् आफन्त, आफ़न्तिहरु माझ
वर डाक्दा झन् पर, सरेका देखिन्छन् !!

** साउन १३ २०७४, पल्लव ई साहित्यिक पत्रीकामा प्रकाशित गजल
* Pic own click 28 July Albir

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...