Wednesday, August 2, 2017

बाँचेको हजुर


रहरले हैन म करमा बाँचेको हजुर
क्यार्नु अर्कैको भरमा बाँचेको हजुर !!

उतार चढाब भो भन्छन् मुद्रा विनिमय
सटही कमजोर दरमा बाँचेको हजुर !!

कहिले भूकम्प कहिले बाढीपहिरो
भूगर्बका गैरा चरमा बाँचेको हजुर !!

मजबुत पाईलाहरु बलिया आँट छन्
परन्तु म डरै डरमा बाँचेको हजुर !!

अस्थिर बनायो मलाई समय चक्रले
कि त मर कि गरमा बाँचेको हजुर !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...