Thursday, August 10, 2017

मजा बेग्लै

आखिर किन हुन्छ हँ, जुनेली रातको, मजा बेग्लै
उनको आँखाबाट, जति पीएँ, मातको मजा बेग्लै !!

आखिर! टुट्नु नै त थियो, कमजोर सम्बन्ध  कतै
थोरै खुशी मिल्यो, थोरै आँसु, घातको मजा बेग्लै !!

हेर्छ यो दुनियाँ प्रेमका नदि वासनाको सागर भनि
सहनेछु अझै लगाउ, ए दुनियाँ बातको मजा बेग्लै !!

हरेक महिना सावन,ती हरेक रात सुहाग नै लाग्थे
जब चुरी बज्थे नजिक मेहन्दी हातको मजा बेग्लै !!

आखिर, किन हुन्छ हँ? जुनेली रातको मजा बेग्लै?????

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...