Saturday, August 19, 2017

गजल




















रेबिका पौडेल 'सत् सङ्ग'
हेटौंडा, मकवानपुर 

साथ हुँदा जिन्दगी यो, दुख:सुख चल्दो रैछ !
आफ्नो मान्छे दुर हुँदा, मुटु धेरै जल्दो रैछ !!


मनोरम् छ दृश्य यहाँ, शुन्याताको आभाष भो !
एकान्तमा सम्झी बस्दा, आत्मशक्ती गल्दो रैछ !!

बाटो हेर्दा प्रतिक्षामा, जुगौजुग जस्तो लाग्छ !
मिठो मिठो कल्पनामा, जिन्दगी नै ढल्दो रैछ !!

हुन त दिलमा सजाएर, लेखिएको हुनु पर्छ !
भरोसा र समयले, कैले काँही छल्दो रैछ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...