Saturday, May 14, 2016

dirty politics

टुट्ने, फुट्ने, फेरी जुट्ने
तिम्रा बानी, कहिले छुट्ने !!

को राम्रो हो, को नराम्रो खै
जनता कै, दिमाग भुट्ने !!

जुनै जोगी, आए पनि भो
क्रान्ति भन्दै, जन्ता लुट्ने !!

निती केबल, कागजी पन्ना
नहोस् भोली, मान्छे चुट्ने !!

चामल चाहिए, धान रोप्नु
नराम्रो बानी, भुस कुट्ने!! 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...