Saturday, May 14, 2016

dirty politics

टुट्ने, फुट्ने, फेरी जुट्ने
तिम्रा बानी, कहिले छुट्ने !!

को राम्रो हो, को नराम्रो खै
जनता कै, दिमाग भुट्ने !!

जुनै जोगी, आए पनि भो
क्रान्ति भन्दै, जन्ता लुट्ने !!

निती केबल, कागजी पन्ना
नहोस् भोली, मान्छे चुट्ने !!

चामल चाहिए, धान रोप्नु
नराम्रो बानी, भुस कुट्ने!! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...