Tuesday, January 22, 2019

हुँदैनन् पक्कै पुराना प्रेमपत्र पुरा अब

हुँदैनन् पक्कै पुराना प्रेमपत्र पुरा अब
न थपेर थपिन्छन् ति पुरानै कुरा अब !

न भेटिन्छन् हुलाकी न प्रेमपत्र साथी
कसलाई दिउँ तकियामुनिका चुरा अब!

सायद उनले पनि सपना देखिन मेरै 
खोजेर पढ्नेछु तिनैचिट्ठी अधुरा अब!

भन्छन् पिउनेहरु यादले सताउँदैन रे
त्यसैले त म पिउन सिक्दैछु सुरा अब !

हुँदैनन् पक्कै पुराना प्रेमपत्र पुरा अब
न थपेर थपिन्छन् ति पुरानै कुरा अब !

गजल बोध

सौन्दर्य बोधको अभाब छ जिन्दगीमा 
खै केकेहो कुन्नी दबाब छ जिन्दगीमा !!
 
आफ्नो केबल सबाल मात्र छन् साथी
उही साथी भन्छ जवाफ छ जिन्दगीमा  !!

जो भेट्यो उही हुन्छन् सत्रु बन्न तयार 
हर अनुहार सङ्गै 'नकाब'छ जिन्दगीमा !!

पिरोलिएका हुन्छन् ति गुलाबी ओठहरु
बिषम् खुशीहरुका प्रभाब छ जिन्दगीमा!!   

अघि बढेका हातमा भेटिन्छन् छुराहरु 
न यहाँ रति-भर सद्भाब छ जिन्दगीमा !!

Sunday, January 13, 2019

गीत


रुक न रुक एकछिन, एउटा बात थियो
उही मुलुकमा निस्कियौ, जहाँं बर्षात थियो।

भनुँ कि नभनुँ, विश्वाश मान्छ्यौ मान्दिनौ खै
तिम्रा तस्बिरमा हराउँदा, मिठो मात थियो।

सपनीमा केहीपल सङ्गसँगै, बादलुमा उँड्थ्यौं 
निदले छोड्थ्यो सपनी सङ्गै, चिसो रात थियो।

कहिले सम्झनामा कहिले यादमा रमाउँदा पनि
मन-मुटु छाती'भित्र यादै, यादका खात थियो। 

रुक न रुक एकछिन, एउटा बात थियो





तस्बिर अनुमतिमा:
रन्जु कार्की सापकोटा 

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...