Sunday, January 13, 2019

गीत


रुक न रुक एकछिन, एउटा बात थियो
उही मुलुकमा निस्कियौ, जहाँं बर्षात थियो।

भनुँ कि नभनुँ, विश्वाश मान्छ्यौ मान्दिनौ खै
तिम्रा तस्बिरमा हराउँदा, मिठो मात थियो।

सपनीमा केहीपल सङ्गसँगै, बादलुमा उँड्थ्यौं 
निदले छोड्थ्यो सपनी सङ्गै, चिसो रात थियो।

कहिले सम्झनामा कहिले यादमा रमाउँदा पनि
मन-मुटु छाती'भित्र यादै, यादका खात थियो। 

रुक न रुक एकछिन, एउटा बात थियो





तस्बिर अनुमतिमा:
रन्जु कार्की सापकोटा 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...