Sunday, January 13, 2019

गीत


रुक न रुक एकछिन, एउटा बात थियो
उही मुलुकमा निस्कियौ, जहाँं बर्षात थियो।

भनुँ कि नभनुँ, विश्वाश मान्छ्यौ मान्दिनौ खै
तिम्रा तस्बिरमा हराउँदा, मिठो मात थियो।

सपनीमा केहीपल सङ्गसँगै, बादलुमा उँड्थ्यौं 
निदले छोड्थ्यो सपनी सङ्गै, चिसो रात थियो।

कहिले सम्झनामा कहिले यादमा रमाउँदा पनि
मन-मुटु छाती'भित्र यादै, यादका खात थियो। 

रुक न रुक एकछिन, एउटा बात थियो





तस्बिर अनुमतिमा:
रन्जु कार्की सापकोटा 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...