Tuesday, January 22, 2019

हुँदैनन् पक्कै पुराना प्रेमपत्र पुरा अब

हुँदैनन् पक्कै पुराना प्रेमपत्र पुरा अब
न थपेर थपिन्छन् ति पुरानै कुरा अब !

न भेटिन्छन् हुलाकी न प्रेमपत्र साथी
कसलाई दिउँ तकियामुनिका चुरा अब!

सायद उनले पनि सपना देखिन मेरै 
खोजेर पढ्नेछु तिनैचिट्ठी अधुरा अब!

भन्छन् पिउनेहरु यादले सताउँदैन रे
त्यसैले त म पिउन सिक्दैछु सुरा अब !

हुँदैनन् पक्कै पुराना प्रेमपत्र पुरा अब
न थपेर थपिन्छन् ति पुरानै कुरा अब !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...