Tuesday, January 22, 2019

हुँदैनन् पक्कै पुराना प्रेमपत्र पुरा अब

हुँदैनन् पक्कै पुराना प्रेमपत्र पुरा अब
न थपेर थपिन्छन् ति पुरानै कुरा अब !

न भेटिन्छन् हुलाकी न प्रेमपत्र साथी
कसलाई दिउँ तकियामुनिका चुरा अब!

सायद उनले पनि सपना देखिन मेरै 
खोजेर पढ्नेछु तिनैचिट्ठी अधुरा अब!

भन्छन् पिउनेहरु यादले सताउँदैन रे
त्यसैले त म पिउन सिक्दैछु सुरा अब !

हुँदैनन् पक्कै पुराना प्रेमपत्र पुरा अब
न थपेर थपिन्छन् ति पुरानै कुरा अब !

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...