Sunday, February 10, 2019

नाता बिर्सिएपछी

कसको के लाग्छ् मान्छेले नाता बिर्सिएपछी
उधारोमै छ जिन्दगी जस्ले खाता बिर्सिएपछी!!

निस्कन्छ जित्न दुनियाँ छाया केबल साथमा
नभिजोस कसरी झरीमा छाता बिर्सिएपछी!!

महाअघोरी भयो मान्छे गल्ती ढाकछोप गर्दा 
छाईन्न है धुरी खरको चोयाबाता बिर्सिएपछी!!

पर्दैछ आँफै यो खाडलमा खन्छ उ आँफै उसै
पसार्यो दुईहात हिजो उसैले दाता बिर्सिएपछी!!

कुन चोला के होला भोली स्वर्ग देखेका को नै
हुँदैनन् बुद्धी बिबेकी सरस्वती माता बिर्सिएपछी!!

माघ २७, २०७५ श्रीपञ्चमी  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...