Sunday, February 10, 2019

नाता बिर्सिएपछी

कसको के लाग्छ् मान्छेले नाता बिर्सिएपछी
उधारोमै छ जिन्दगी जस्ले खाता बिर्सिएपछी!!

निस्कन्छ जित्न दुनियाँ छाया केबल साथमा
नभिजोस कसरी झरीमा छाता बिर्सिएपछी!!

महाअघोरी भयो मान्छे गल्ती ढाकछोप गर्दा 
छाईन्न है धुरी खरको चोयाबाता बिर्सिएपछी!!

पर्दैछ आँफै यो खाडलमा खन्छ उ आँफै उसै
पसार्यो दुईहात हिजो उसैले दाता बिर्सिएपछी!!

कुन चोला के होला भोली स्वर्ग देखेका को नै
हुँदैनन् बुद्धी बिबेकी सरस्वती माता बिर्सिएपछी!!

माघ २७, २०७५ श्रीपञ्चमी  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...