Tuesday, February 19, 2019

अचानक एकदिन

ऊ अनि म
दुई किनार झैं
नितान्त सङ्गसङ्गै
मात्र हामी बिच
पानी थियो गहिराई सङ्गै 

त्यही नै यात्रा थियो
यात्रा जिन्दगीको
न भेट नै भयो
न बिछोड नै
कहिले पानीले पछ्याउंथ्यो
कहिले हामीले पछ्याउँथ्यौं
समानान्तर रेखा झैं थियौं
कहिले हामी आँफै मेटिन पुग्थ्यौं
साउनका खहरे सङ्गै
कहिले पुलेशो जत्तिकै नजिक
चैतका खडेरी सङ्गै

मिठा अनुभुती समेट्दै
बगिरहन्थ्यो खोला पानी बनेर
किनारालाई जिस्काउथ्यो
उत्ताउलो जवानी बनेर

अचानक एकदिन
खहरे सङ्ग रुझेका हामी
खडेरी सङ्ग जुधेका हामी 
एकदिन अचानक
हामी हरायौं
बिलायौं
अस्तित्व नै रहेन
 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...