Thursday, February 28, 2019

गजल

ऊ गएपछी उसैको, जयजयकार भयो
हिजो सम्मका गलफत्ती,त बेकार भयो!!

त्यो कानुनको किताब, बन्दी थियो क्यारे
आखिर चोर नै पुलिशको, दाबेदार भयो!!

चिन्थेन पोहोर सम्म, देशले'नि उसलाई
उ नै आज साख्यै, सबैको नातेदार भयो!!

भन्छन् विकल्प छैन, शिंहदरबार नछिरी
राजनिती न हो, प्रतिपक्ष कांडेतार भयो !!

लुक्छन् साधु, सैतानका नगरीहरुमा सधैं
फेरी उही सैतान देशमा, उम्मेदवार भयो!! 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...