Thursday, March 7, 2019

अर्को एक उत्सब भोलि

रिबन काटिन्छन्
परेवा उडाइन्छन्
पानसमा दिप प्रज्वलन गरिन्छन्
ताली पड्काइन्छन्
बेलुका तारे होटलमा
ककटेल पार्टी
मिडिया थाक्दैनन्
अभियन्ताहरु थाक्दैनन्
उत्सबको महत्व बिबेचना गरिन्छन्
हरेकका मुखमा उत्सबका अगाडी
एक शब्द झुण्डिएकै हुन्छ
'नारी'
'महिला'।

हो उत्सब नारी दिवसको
विश्व नारी दिवशको
हरेक दिन मुर्छित
बलात्‍कृत नारी माथिका
एक उत्सब,
बिभेदका पर्खाल भत्किएका हुन्छन्
छुवाछुतका एेनहरु मेटिएका हुन्छन्
नारी सुरक्षित हुन्छे
सुसज्जित हुन्छे
उत्सबका भाषणहरुमा।
अगाडी रास्ट्रिय दैनिक रोइरहेका हुन्छन्
आफ्नै समाचार शिर्षक सङ्ग
'बाबुद्वारा छोरी बलात्‍कृत'
'बलात्‍कृत बालिकाको डढेको लाश भेटियो'
'१२ बर्षे बालिकाको आत्महत्या'
र पनि बैठक र गोष्ठी चलिरहेका हुन्छन्
सरकार नारी माथि शान्तिको प्रत्याभुति गरिरहन्छ
शहर प्रभात फेरी निकाल्छ
मानबअधिकारबादिहरु साँझ
दिपावली गर्छन्।

महिलाबादीहरु
सरकारसङ्ग प्याड माग्छन्
ससुरा सङ्ग अन्श माग्छन्
अधिकार माग्छन्
छाउपडीहरु भत्काई माग्छन्
सार्वजनिक यातायातमा आरक्षीत सिट माग्छन्
एस्तो लाग्छ यो उत्सब
माग्नको लागि नै हो
सरकार खोक्न कै लागि हो
मिडिया आगोमा घ्यु थप्नको लागि नै हो ।।

आकाश लाज मानिरहन्छ
खुलामन्च निहुरिन्छ
अनी नतमस्तक हुन्छ समाज
पुरानै उत्सब
पुरानै भाषण
पुरानै चलन।

आखिर यो कस्तो शिलसिला हो?
उत्सब मनाउनुपर्ने ?
बर्षको एकपटक
जहाँं नारी हरेकदिन
जिउँदै जलिरहेकी हुन्छे
भुणहरुमा स्खलित भैरहेकि हुन्छे
मुनामा निमोठिएरहेकी हुन्छे
आखिर कहिले सम्मको
यो शिलसिला हो यो?

पाठक थाकिसकेका हुन्छन्
तर कबी थाकेको हुन्न
उ लेखिरहन्छ ...

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:।

विश्व नारी दिवश जिन्दाबाद !!
 
श्रीभक्त पौडेल आफन्त
स्पेन !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...