Tuesday, March 26, 2019

उनलाई लेखेका प्रेमपत्र, गजल भएछन्

उनलाई लेखेका प्रेमपत्र, गजल भएछन्
मजबुत प्रेम-प्रस्ताब भने, तरल भएछन्!

परिक्ष्या त थिएन, बाचुन्जेलको जिन्दगी
म असफल बाँकी सब, सफल भएछन्!

बिस्कुन थिएनन् शब्दहरु, केलायौ किन?
गूलाब सम्झिएको प्रेम नै, कमल भएछन्!
 
अंक-गणित सुत्र जस्तै, जीवनका किताब
केही मुस्किल थिए केही, सरल भएछन्!

सताउंछन् हिजोआज, ति पूराना यादहरुले
धमिलिएका मनु-स्मृतिहरु,'धवल' भएछन् !
---
धवल- निखार, सेतो, स्पस्ट, उज्यालो


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...