Wednesday, March 27, 2019

पिउँदा पिउँदै कैयौं रात, बिहानी भए

पिउँदा पिउँदै कैयौं रात, बिहानी भए
बेहोशी कै कारण आफन्त, बिरानी भए !!

भरिए अखबारहरु, परदेशीका खबरहरुले 
आज यो परदेशीका खबर नै पो, कहानी भए !!

धरो-धर्म कसम मैले, कहिल्यै ढाँट्न जानिन
हररात मेरा रहरहरुका पोका, सिरानी भए !!

लुछा-चुंडी सकसमा, जिन्दगी बित्ने नै भयो
कहिं कतै कामै नलाग्ने आफ्नै, जवानी भए!!

लेखिन्छन्, मेटिन्छन्, र फेरी पनि लेखिन्छन्
कहिले गजल लहिले कबिता आजका, रुमानी भए !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...