Friday, March 15, 2019

जुन'किरीको पछी लाग्दा, घाम छुटेछ

जुन'किरीको पछी लाग्दा, घाम छुटेछ
भिडै'भिडमा आफ्नै साथी, राम छुटेछ

कमाएको त होनि, हातमा नभएर मात्र
दुनियाँलाई भाग लगाउँदा, दाम छुटेछ

अडिएन घर सपनाको, रेतको थुप्रो झैं 
दलिन बलो धुरीखम्बा, थाम छुटेछ

सुनेको थिएँ, अप्ठेरोमा देउता भेटिन्छन्
थाहै भएन खै नजिकैको, धाम छुटेछ

धेरै भेटिए कालका रुप, यि यात्रामा
लगेन यमराजले शायद, नाम छुटेछ !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...