Friday, March 15, 2019

जुन'किरीको पछी लाग्दा, घाम छुटेछ

जुन'किरीको पछी लाग्दा, घाम छुटेछ
भिडै'भिडमा आफ्नै साथी, राम छुटेछ

कमाएको त होनि, हातमा नभएर मात्र
दुनियाँलाई भाग लगाउँदा, दाम छुटेछ

अडिएन घर सपनाको, रेतको थुप्रो झैं 
दलिन बलो धुरीखम्बा, थाम छुटेछ

सुनेको थिएँ, अप्ठेरोमा देउता भेटिन्छन्
थाहै भएन खै नजिकैको, धाम छुटेछ

धेरै भेटिए कालका रुप, यि यात्रामा
लगेन यमराजले शायद, नाम छुटेछ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...