Friday, March 29, 2019

चसक्क चस्किदा देब्रेछाती

चसक्क चस्किदा देब्रेछाती
आमाको याद आउँछ
म सानो छँदा
आमा पनि त्यसै भन्थिन्
मेलाबाट हस्याङ्ग फस्याङ्ग
दुध चुसाउन आई पुग्थिन् मलाई
परैबाट उनका धोतीबाट आएको
मात्सल्यताको गन्धले म मुस्कुराउँथे होला
उनका मयलले कलेटी परेका
पोतेका झुत्तामा झुन्डदै
नजाउ न आमा भन्थें होला सायद
आमाका आँखाले बुझ्ने भाषाहरुमा।
निदाउन सक्दिन म आज
पटक पटक छाती चस्किएर।
अफसोच
म जती नै हस्याङ्ग फस्याङ्ग गरेपनि आज
म पुग्न सक्दिन मेरो छोरो छेउ
अनी यी मात्सल्यताले भरिएका
दुध चुसाउन,
त्यसले त गानिन थालेका छन् 
सायद त्यसैले होला
झनझन छाती दुखेर आउंछ।।
थाहा छैन के के पो
बोकेको छ यो छातीले
आमाको दुधको भार
बाबाको प्यारको भार
आङ्गनको बालपनको प्यार
अनी जन्मभूमिको प्यार।।
अहो कस्तो गरुङ्गो भएर आयो
आज यो छाती झनै !!

कल्पना पौडेल आचार्य
सान सेबास्टियन
स्पेन
१५ चैत, २०७५ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...