Saturday, April 6, 2019

कठै बिस्कुनहरु


छरपस्ट छ बिस्कुन 
मन र मस्तिस्कका आङ्गन भरी 
सपनाहरुका बिस्कुन 
चाहनाहरुका बिस्कुन 
अब त अभ्यस्त भैसके 
खुला नयनहरु पनि
बिस्कुन टोलाउँदा टोलाउँदै  
बन्द मुलायम परेलीले
सम्झन छोडिसके  
फिंजारिएका बिस्कुन 
उठ्छन् या उठ्दैनन् 
या भुमरीमा पर्छन्
या चरिहरुले नै सकिदिन्छन्,
कठै बिस्कुनहरु !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...