Thursday, April 11, 2019

गजल



मुर्झाएका फूलहरु झैं, लोलाउन मन लाग्छ
नबोल्ने तस्बिरहरुलाई,  बोलाउन मन लाग्छ!!

अचेत भएछु सायद, साथिहरु कोट्याउन थाले
देखाउन भएपनि थोरै, सल्बलाउन मन लाग्छ !!

हर रात मुर्छित लाग्छन्, हर सपनाहरु मरेपछि
अनिदा प्रहरहरुमा, बेस्सरी बर्बराउन मन लाग्छ!!

बिर्सिएछन् क्यार मुस्कुराउन, यी ओठहरुले पनि
एकान्तमा एक्लै ऎना सामु, टोलाउन मन लाग्छ!!

हैन केके खेल्छन् कुराहरु, मन मष्तिस्कमा आज
दुई-चार दिनलाई भए पनि, बहुलाउन मन लाग्छ!!

११ अप्रिल, २०१९
गिपुज्कोआ प्लाजा
डोनोस्टिआ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...