Wednesday, April 10, 2019

मुक्तक

कहिले कम्प कहिले बाढी फेरि हावाहुरी,
प्रकृतिले चलायो यता लाग्ने चक्कु-छुरी,

सम्हालिन गारो भयो गाँसबासको पत्तो छैन,
राहत छैन सरकारको जहाजचढी कस्तो चुरिफुरी ?

हे दैब! नठग न बिन्ति गर्छु अनेक रुप तेरा,
हेर त ! न अन्न छ खाने न त ओत लाग्ने धुरी,

सोच्नुस यस्तो बेला मानबता हराउनु हुँदै हुन्न
सहयोग गर्ने मनका धनीलाई नमन मुरिमुरी ।।

रेबिकाजिलाई पठाएको मुक्तक

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...