Wednesday, April 10, 2019

टिपन टापन

खडेरी होस या तुषारापात जीवन, फूलिरहोस हजुरको
शिशिर ऋतु धानकाबाला झैं सुख, झुलिरहोस हजुरको ।

कोईलीले गाईरहुन जिन्दगीका, ती हरेक सुख दुखहरु ।
बाधा अड्चन टाढै,समृद्धी नजिक डुलिरहोस हजुरको।

हरेक सपना,चाहना भावना सधै पूरा होइन यहि कामना
सफलतै सफलताले सदैब शिखर, चुमिरहोस हजुरको।

शब्दका नै किन नहुन मनदेखी नब बर्षको शुभकामना
सुनमा सुगन्ध उमङ्गमा सप्तरङ्ग, सदा घुलिरहोस हजुरको।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...