Friday, February 15, 2019

नारी हक र न्याय

ए समाज! मलाई मेरो पहिचान दे
कहिले दिन्छस मलाई मेरो पहिचान?
कहिले अग्नी कुन्डमा धकेलिस
कहिले बल्दो चितामा 
कहिले बिदुवा कहिले छाउपडी
कहिले सडकको रमितामा।
परिवर्तनका छलाङ्ग सङ्गसङ्गै
खुला आकाश र धर्ती होइन
% प्रतिशतमा खुम्चाईस
कहिले सम्म भोग्नुपर्ने हो अझै मैले?
सामाजिक बहिस्कार र तिरस्कार
र पनि कोही सुन्दैन हाम्री चित्कार,
केबल अश्लीलाता र हवशको ब्यापार
के नारी साच्चै अवान्छित छे?
एदी हो भने भत्का
कान्तिपुरीका शक्ती पिठहरु,
कहिले सम्म सुनाउछस आँफैलाई
गोमा ब्राह्मणिकका कपोकल्पित कथाहरु
ए समाज! मलाई मेरो पहिचान दे,
कहिले सम्म मलाई
शाहींली माइली र कान्छी भनेर चिनाउछस् ?
पहिचान नागरिकतामा होइन
समाजमा स्थापित गर।
थाकिसके अब त मृत निर्मलाहरु पनि
तर थाक्दैनस तँ,
तेरो समाज, तेरो सरकार अनी तेरो कानुन 
कहिले सम्म ससंकित् हुनुपर्ने हो
सिमाना अबधि तोक
तब सम्म म निस्कने छैन मेरो आङ्गनमा,
कहिले दिने हो २२ सालको मुलुकी एेन
मलाई मेरो पहिचानको पूर्ण स्वतन्त्रता?
किन पास गर्दैनस ए सम्सद?
बलत्कारीलाई फासी दिने मस्यौदा
धेरै गायौ स्वतन्त्रताका गीतहरु
थाकेका छैनौं हामी
थाकेका छैनन् हाम्रा पाइतालाहरु
त्यसैले खबरदार ए सरकार!
लैङ्गिक असमानता खारेज गर
लिखित न्याय दे हामीलाई
अनुभुती गरा कि
नारी स्वन्तन्त्रा छ भनेर
होइन भने 
नारी स्वतन्त्रता अब मागेर होइन
धावा र हल्ला बोलेर लिनेछ छ नारी
भाचिनेछन् बन्दुकका नाल र लाठिहरु
जो माइतिघर मण्डलामा हामी माथि बज्रिएका थिए,
नाङ्गेझार हुनेछ त्यो बलत्कारी
अनी काटिनेछन् तिनका लिङ्गहरु!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...