Tuesday, January 22, 2019

गजल बोध

सौन्दर्य बोधको अभाब छ जिन्दगीमा 
खै केकेहो कुन्नी दबाब छ जिन्दगीमा !!
 
आफ्नो केबल सबाल मात्र छन् साथी
उही साथी भन्छ जवाफ छ जिन्दगीमा  !!

जो भेट्यो उही हुन्छन् सत्रु बन्न तयार 
हर अनुहार सङ्गै 'नकाब'छ जिन्दगीमा !!

पिरोलिएका हुन्छन् ति गुलाबी ओठहरु
बिषम् खुशीहरुका प्रभाब छ जिन्दगीमा!!   

अघि बढेका हातमा भेटिन्छन् छुराहरु 
न यहाँ रति-भर सद्भाब छ जिन्दगीमा !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...