Sunday, June 23, 2019

मिश्रित भाबमा गजल

कस्को के लाग्छ कुरै नबुझि झर्किए पछि
नाजवाफ हुन्छु उनका नयन बर्किए पछि ।।

होश मै थिएँ र पनि बेहोशी भएछु हिजो 
ब्युँझिएँ उसै अनुहारमा पानी छर्किए पछि ।। 

काकाकुल छ जिन्दगी न प्यास नै मेटियो
खडेरी रिसायो शायद साउन दर्किए पछि ।।

साँच्चै जिस्क्याउँछ एेनाले पनि हिजोआज
'आफन्ती'ले आङ्गनीमा नुन छर्किए पछि ।।

न खहरे फर्कियो न बगेको त्यो नदी तर
भ्रमित छु मुस्किलका खोला फर्किए पछि ।।

भो पर्दैन आउन अब घरिघरी भूकम्पहरु
पराकम्पनले नै कमजोर मुटु थर्किए पछि ।। 

Tuesday, June 18, 2019

गजल



सखारै भेटौ है भन्नेहरु, टाढिए पछि
यस्तै हुन्छ रेन्त माया, बाढिए पछि !!

दलदल हो संसार, चाहानै चाहानाको
त्यहि दलदलमा मन, गाढिए पछि !!

न आगोले खाने, न पानीले लाने
सम्बन्धमा बनमारा, झाड़िए पछि !!

न जानियो जिउन, न जानियो पिउन 
बुझ्दैछु भट्टीमा जात, छाडिए पछि !!

अनकन्टार लाग्छन्,'आफन्त'का बस्ति
मनका ति हरियाली, फ़ाडिए पछि !!
-----
१८ जून, २०१९ 

Thursday, June 13, 2019

गजल

जब उनको तस्बिर अघिराखी, कबिता कोर्दै थिएं
थोरै सिन्दुरी, धेरै उनकै ओठका लाली चोर्दै थिएं ।।

कलममा मसी अपुग कहिले, कहिले सेता कागज
मागी दिलका पन्नाहरु, गाजलका मसी सोर्दै थिएं ।।

सर्सराहट उस्तै केशका, आँखा नानीका के कुरा
के उपमा दिउँ एकमुष्ठ, शब्दकोशमा खोज्दै थिएं।। 

परेला उनका तरबार, ती नजरहरु घाइते बनाउने
कतै तिमी त जलिनौ? भनि, जून सङ्ग सोध्दै थिएं ।।

सपनाका सिरानीमुनि, भेटिए कैयौं तस्बिरहरु आज
असमन्जस्यमा नपरी कसम, आज यही रोज्दै थिएं ।।   



तस्बिर : आश्मा भट्टराई
पोखरा

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...