Sunday, June 23, 2019

मिश्रित भाबमा गजल

कस्को के लाग्छ कुरै नबुझि झर्किए पछि
नाजवाफ हुन्छु उनका नयन बर्किए पछि ।।

होश मै थिएँ र पनि बेहोशी भएछु हिजो 
ब्युँझिएँ उसै अनुहारमा पानी छर्किए पछि ।। 

काकाकुल छ जिन्दगी न प्यास नै मेटियो
खडेरी रिसायो शायद साउन दर्किए पछि ।।

साँच्चै जिस्क्याउँछ एेनाले पनि हिजोआज
'आफन्ती'ले आङ्गनीमा नुन छर्किए पछि ।।

न खहरे फर्कियो न बगेको त्यो नदी तर
भ्रमित छु मुस्किलका खोला फर्किए पछि ।।

भो पर्दैन आउन अब घरिघरी भूकम्पहरु
पराकम्पनले नै कमजोर मुटु थर्किए पछि ।। 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...