Tuesday, June 18, 2019

गजल



सखारै भेटौ है भन्नेहरु, टाढिए पछि
यस्तै हुन्छ रेन्त माया, बाढिए पछि !!

दलदल हो संसार, चाहानै चाहानाको
त्यहि दलदलमा मन, गाढिए पछि !!

न आगोले खाने, न पानीले लाने
सम्बन्धमा बनमारा, झाड़िए पछि !!

न जानियो जिउन, न जानियो पिउन 
बुझ्दैछु भट्टीमा जात, छाडिए पछि !!

अनकन्टार लाग्छन्,'आफन्त'का बस्ति
मनका ति हरियाली, फ़ाडिए पछि !!
-----
१८ जून, २०१९ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...