Thursday, July 11, 2019

गजल

थाहाछैन साथी हो कि, यो साँझ प्यारो हो
खै ताज-महल हो कि,'मुम्ताज' प्यारो हो !!

डुब्नेहरु डुब्दै जान्छन्, 'मन'कै गहिराईमा
किनारामा अल्झनेलाई, त्यै माझ प्यारो हो!!

नजरका 'तीर' तिखा, ईशारामा गोलिचल्छ 
मन्द मन्द मुस्कानका, हो लाज प्यारो हो!!

चाहिदैन वाह् वाह्, मुशायरामा अबदेखि
'आफन्त'ले गुन'गुनाउदा, नाज प्यारो हो  !! 

नपिएरै 'नशा' चढ्छ, उनी नजिक हुँदा
बुझ्दैछु म नशा सँगै, त्यो राज प्यारो हो !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...